काठमाडौँ । हिउँदे आरोहणका लागि मकालु (८४६३ मिटर) हिमाल आरोहणमा गएका एक जना शेर्पाको मृत्यु भएको छ भने एक इरानी आरोही बेपत्ता भएका छन् । आरोही दावा ओङछु शेर्पाका अनुसार आरोहण गरी फर्कने क्रममा सङ्खुवासभा मकालुकै फुर्वा ओङ्गेल शेर्पाको मृत्यु भएको हो ।
करिब ७ हजार ५ सय मिटरको माथिको क्याम्प ४ नजिकबाट खसेर शेर्पाको मृत्यु भएको हो । इरानी पर्वतारोही अबोलफजल गोजाली झर्ने क्रममा बेपत्ता भएको शेर्पाले बताए ।
बिहीबार दिउँसोसम्म सम्पर्कमा भएका शेर्पा त्यसपछि उनको मृत्यु भएको कीर्तिमान आरोही सानु शेर्पाले बताए । अर्का इरानी आरोही अबोलफजल गोजालीसँग सोही दिन बिहान १०ः२७ मा मकालु आरोहण गरेका शेर्पा फर्कने क्रममा थिए ।
बेपत्ता आरोहीको खोजी सुरु गरेको र मृतक शेर्पाको शव आधार शिविर ल्याउन पहल सुरु गरेको आयोजक कम्पनीले जनाएको छ ।
तपाईको बिचार