एमाले कोशीका नेता अम्बिरबाबुले छाडे पार्टी, नेकपाबाट लिए टिकट - MirrorNepal.com

एमाले कोशीका नेता अम्बिरबाबुले छाडे पार्टी, नेकपाबाट लिए टिकट


काठमाडौं । नेकपा (एमाले) ले ओखलढुङ्गामा गरेको टिकट वितरणप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका कोशीका नेता अम्बिरबाबु गुरुङले पार्टी परित्याग गरेका छन् ।

यसअघि उनीसहित ५ जनाको नाम ओखलढुङ्गाबाट उम्मेदवारको रूपमा सिफारिस भएको थियो । जिल्ला कार्यसमितिले १८ जना आकांक्षीबाट आएका नामहरूबाट ५ जनामा सहमति गरी प्रदेश पठाएको थियो । प्रदेशले पनि सोही सिफारिस केन्द्र पठाउँदा केन्द्रबाट भने १८ जना भित्र पनि आकांक्षी नराख्ने अस्मिता थापालाई टिकट दिएर पठाएको थियो ।

थापा पार्टीको १०औँ महाधिवेशनमा प्रतिनिधि पराजित हुन् । तर, एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । उनी यसअघि लिखु गाउँपालिका उपाध्यक्ष थिइन् । उक्त पदबाट राजीनामा दिएकी उनी मनोनयन दर्ता गरेकी छन् । तर, एमाले जिल्ला कार्यसमितिले समेत विज्ञप्ति जारी गरेर उम्मेदवार सच्याउन माग गरे पनि केन्द्रबाट सुनुवाइ नभएपछि गुरुङले पार्टी छाडेकाे प्रतिक्रिया दिए ।

‘पार्टीमा विधि प्रक्रिया मिचियाे । जस्केलाबाट छिरेकाले सांसदकाे टिकट पाउने र भूगाेलका कार्यकर्ताकाे आवाज नसुन्ने परिपाटी बन्याे ।’ गुरूङले भने – ‘गलत कार्यकाे विराेध गर्दा पनि सुनुवाइ नभएपछि हामी पार्टीबाट अलग हुने निर्णयमा पुग्याैं ।’

नेकपाले जिल्लामा उम्मेदवार बनाएको छ । नेकपाले यसअघि तय गरेको उम्मेदवारलाई फिर्ता गरि गुरुङलाई टिकट दिएको हो ।

उनले जसपासँग कार्यगत एकता गरेकाे जानकारी दिएका छन् ।

तपाईको बिचार