काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार डा. सुरेन्द्र भण्डारीलाई लैंगिक तथा अल्पसंख्यक समुदायविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा स्पष्टीकरण सोधेको छ ।
आयोगले भण्डारीलाई पत्र पठाउँदै तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।
आयोगका अनुसार भण्डारीको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत तथा सामाजिक सद्भावमा असर पार्ने खालको भएको भन्दै त्यसबारे स्पष्टिकरण आवश्यक देखिएको जनाएको छ।
निर्वाचन आयोगले सबै उम्मेदवार तथा राजनीतिक दललाई मर्यादित भाषा प्रयोग गर्न, घृणात्मक वा विभाजनकारी अभिव्यक्तिबाट टाढा रहन चेतावनी दिँदै आएको छ।
तपाईको बिचार