वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका १३ जना नेताद्वारा पार्टी परित्याग - MirrorNepal.com

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका १३ जना नेताद्वारा पार्टी परित्याग


काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका १३ जना नेताले पार्टी परित्याग गरेका छन्। केन्द्रदेखि जिल्ला तहसम्मका १३ नेताले वैज्ञानिक समाजवादी पार्टी परित्या गरेर नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन्।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति) हुन्। आहुति लेखक तथा विश्लेषक पनि हुन् । शनिबार  नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनीहरूलाई संयोजक प्रचण्डले पार्टीमा स्वागत गरेका छन्।

नेकपामा समाहित भएका नेताहरूमा वैज्ञानिक समाजवादी पार्टीकी सचिवालय सदस्य धनकुमारी सुनार, केन्द्रीय प्रबुद्ध समितिका सल्लाहकार सदस्य गणेश रसाइली, केन्द्रीय सदस्य तथा महिला संगठन सुदूर प्रदेश संयोजक यसोदा बराल, कैलाली जिल्ला सदस्य तथा जात व्यवस्था उन्मूलन मोर्चा जिल्ला संयोजक विक्रम सुनार छन्।

त्यसैगरि नेताहरू तुलशी परियार, प्रिया बराल, दिपा राना, हेमा सुनार, संगीता सिजापति, करीता सिजापती, सुमित्रा खाति, शर्मिला जिजार, कमला पिसी र कञ्चनपुर जिल्ला महिला संगठन संयोजक रीता नेपालीसहितका नेता–कार्यकर्ता पनि नेकपामा समाहित भएको प्रचण्डको सचिवालयले जनाएको छ।

उनीहरूलाई पार्टी संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले नेकपामा स्वागत गरेका छन्।

तपाईको बिचार