प्रधाननमन्त्री कार्कीद्वारा राष्ट्रिय सभालाई सम्बोधन - MirrorNepal.com

प्रधाननमन्त्री कार्कीद्वारा राष्ट्रिय सभालाई सम्बोधन


काठमाडौं । आज सोमबार पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशिला कार्कीले सहमतिमै सरकारका मन्त्रिहरूको आगमन र बहिर्गमन भएको बताएकी छन।

प्रधाननमन्त्री कार्कीले सरकारका राजीनामा दिएका ४ मन्त्रीबारे सकारात्मक भानाई राखेकी छन् । राजीनामा दिएर चुनावमा होमिएका मन्त्रीबारे उनले भनिन्, ‘सरकारमै बसेर चुनाव लड्ने भन्ने हुँदैन । सरकारै छाडेर गइसकेको व्यक्ति जसलाई हामीले अधिकार नै दिएका छौँ । चुनावमा जान्छौँ भनेर राजीनामा दिएर जाऊ बिदाइ गरिदिन्छु केही छैन भनेको थिएँ ।’

कार्कीले भनिन्, ‘राजीनामा दिएर जानेहरूसँग अहिले सम्पर्क पनि छैन । हामीलाई जान्छन् भन्ने थाहा थियो । खादा ओढाएर बिदा गरेका हौँ, तिनीहरूले मात्रै चिया खाएर काम गरेका छन्, हदै भएको भए मन्त्रालयको दुई कप चिया खाएका होलान्, जेनजीको दबाबमा आए, गए।’

उनले महावीर पुनलाई किताब बेच्दाबेच्दै सुधन गुरुङले अँगालो हालेर ल्याएको बताइन् । जगदीश खरेल, बब्लु गुप्ता युवा नेता भएकाले चुनाव जानै नपाउने भन्ने आफूलाई नलागेको बताइन् । उनले चार मन्त्रीलाई दोष नलगाउन भन्दै बरु आफूलाई लगाउन आग्रह गरिन् ।

उनले महावीर पुन रिसाएर चुनावमा हिँडेको समेत बताइन् । उनले भनिन्, ‘दुई/चार वटा कानुन बनाऊँ भन्नुभएको थियो । ती कानुन राम्रै थियो । तर, यो छोटो समयमा त्यो कानुन बनाएर हामीले सहयोग गर्न सकेनौँ । त्यो कानुन मुलुककै लागि थियो ।’

उनले राजनीतिमा इच्छा नभएकाहरू सरकारमै बसेर अहिले काम गरिरहेको बताइन् । सरकारमा भएका मन्त्रीहरूलाई रास्वपाको भन्दै गलत प्रचार गरेको भन्दै कार्कीले असन्तुष्टि जनाइन् ।

मन्त्री भए पनि चुनाव लड्न पाउनुपर्ने मन्त्रीलाई आफूले दिएको वचनका कारण जिम्मेवारीबाट फुकुवा गरेको उनले बताइन् । निर्वाचनमा सहभागी हुनेबारे सबैलाई सोधेका थियौँ जानुहुन्छ भनेर जाने बकाइदा गए नजाने बसे ।

तपाईको बिचार