काठमाडौं । रोजगारीका लागि बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
ठगी आरोपमा नुवाकोट तार्केश्वर गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने ३६ वर्षीया कुमारी तामाङलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
तामाङले बेलायत पठाउने भन्दै सात लाख ९० हजार रकम लिइ विदेश नपठाई सम्पर्कविहीन भएको प्रहरीमा उजुरी परेको थियो ।
पीडितको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं–१२ बाट पक्राउ गरी आजै थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रवक्ता कार्कीले बताए ।
तपाईको बिचार