कर्णाली प्रदेश नेकपा संसदीय दलका नेता पदबाट निष्काशित - MirrorNepal.com

कर्णाली प्रदेश नेकपा संसदीय दलका नेता पदबाट निष्काशित


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले तत्कालीन नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्मालाई सांसद पदबाट निष्काशन गरेको छ ।

पार्टी केन्द्रको पत्रानुसार बुधबार शर्मालाई सांसद पदबाट निष्काशन गरेको जानकारी कर्णाली प्रदेशसभालाई गराइएको हो । शर्मा तत्कालीन माओवादी केन्द्र विभाजनपछि जनार्दन शर्मा समूहमा लागेका थिए ।

नेकपा कर्णाली प्रदेश संसदीय दलले प्रदेशसभालाई जानकारी गराएको पत्रमा शर्माले जानीजानी नेकपाको नीति, सिद्धान्त, उद्देश्य र आचरण विपरीत गरेको कार्य पार्टीको र प्रदेश संसदीय दलको विधानविपरीत भएको ठहर गरेको छ ।

यसअघि सोमबार बसेको नेकपा केन्द्रीय समितिको बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी केन्द्रीय समितिलगायत दलको सम्पूर्ण जिम्मेवारी र नेकपा कर्णाली प्रदेश संसदीय दलको सदस्यबाट समेत निष्काशन गर्ने निर्णय गरेको थियो ।

तपाईको बिचार