एमालेको झण्डा जलाएको आरोपमा दुई जना पक्राउ - MirrorNepal.com

एमालेको झण्डा जलाएको आरोपमा दुई जना पक्राउ


काठमाडौँ । जिल्लाको तुलसीपुरमा नेकपा ( एमाले) को झण्डा जलाएको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई आज पक्राउ गरिएको जानकारी दिए ।

यही प्रकरणमा शुक्रबार तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको थियो । प्रहरी नायब उपरीक्षक बोहराले झण्डा जलाउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको र अन्य सम्भावित व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिए ।

दाङको घोराहीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन्द्र शाह आउने खबर पाएपछि दाङ तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका समर्थकाहरूको भिडमा झण्डा जलाइएको थियो । एमाले त्यस कार्यको विरोध गरिरहेको छ ।

उता रास्वपाले चाँही दाङको तुलसीपुरमा एमालेको झण्डा जलाइएको घटनामा संलग्न व्यक्तिहरू आफ्ना आधिकारिक कार्यकर्ता नभएको स्पष्ट पारेको छ। शनिबार एक प्रेस नाेट जारी गर्दै रास्वपाले आन्तरिक डेटा प्रणालीमार्फत गरिएको जाँचपछि सम्बन्धित व्यक्तिहरू पार्टीका आधिकारिक सदस्य तथा कार्यकर्ता नरहेको जनाएको हाे ।

तपाईको बिचार