चार दर्जन नेता-कार्यकर्ताले नेकपा त्यागी बागीलाई समर्थन - MirrorNepal.com

चार दर्जन नेता-कार्यकर्ताले नेकपा त्यागी बागीलाई समर्थन


काठमाडौं । दाङ क्षेत्र नम्बर- १ मा  नेपाली कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । झन्नै ४ दर्जन नेता कार्यकर्ताले पार्टी परित्याग गरेर आफ्नै पार्टीले कारवाही गरेका बागी उम्मेदवारलाई समर्थन गरेका हुन् ।

यो क्षेत्रमा नेकपाबाट मेटमणि चौधरी उम्मेदवार छन् । पार्टी परित्याग गरेकाहरूले स्वतन्त्र उम्मेदवार एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलबहादुर केसी (सोनाम)लाई समर्थन गरेको घोषणा गरेका छन् । केसी नेकपाका बागी उम्मेदवार हुन् ।

पार्टीको आधिकारिक उम्मेदवार चौधरीको साटो स्वतन्त्र उम्मेदवार केसीलाई सहयोग गरेको भन्दै नेकपाले धमाधम कारबाही सुरू गरेपछि पूर्वमाओवादी खेमाका नेता–कार्यकर्ताहरूले आज देउखुरीको मौरीघाटमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

यद्धपि केसी जो बागी उम्मेदवार बने उनले पनि लाभको पद भने लिईसकेका व्यक्ति हुन् । नेकपा (एकीकृत समाजवादी) लगायत विभिन्न घटकसंग एकिकरण भएर बनेको नेपाली कम्युनिष्ट पार्टिको प्रतिनिधि सभा प्रतक्ष तर्फको उम्मेदवारको टिकेट वितरणप्रति असन्तुष्टि जनाउंदै केसीले बागी उम्मेदावरी दिएका थिए।

यस्तै अवस्था नेकपालाई सिन्धुली जिल्लाको २ मा पनि देखिएको छ । नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) लाई पार्टिले आधिकारिक उम्मेदवार बनाएपछि असुन्तुष्ट पक्षका महेश्वर दाहालले बागी उम्मेदवार दिएका छन् । उनलाई पार्टिका प्रभावशाली नेता हरिबोल गजुरेल समेतको समर्थन रहेको छ ।

पूर्वमाओवादीको किल्ला ठानिएको सिन्धुली जिल्लामा बागीका कारण नेकपालाई जित निकाल्न हम्मे पर्ने देखिन्छ ।

तपाईको बिचार