काठमाडौं । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा नेपाली छत्रबहादुर थापाले श्रीमती र छोरीको हत्या गर्दै ज्वाइँलाई आक्रमण गर्दा प्रहरीले गोली चलाउनु परेको छ । प्रहरीको गोली लागेर उनको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा थापाकी श्रीमती ५१ वर्षीय बिन्दा थापा र छोरी ३१ वर्षीय ममता थापा रहेको अमेरिकी सञ्चार माध्यमले उल्लेख गरेको छ ।
प्रहरीका अनुसार, अन्दाजी ५० वर्षीय थापाले सोमबार बिहान करिब ५ बजे पर्सिमोन ड्राइभको ३९०० ब्लकमा रहेको आफ्नो अपार्टमेन्टमा आफ्नी छोरी र श्रीमतीलाई खुँडा प्रहार गरेका थिए। उनीहरूको अस्पतालमा मृत्यु भएको छ ।
उनलाई पक्राउ गर्ने क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको छ । नजिकैको भवनमा रहेका अर्का एक व्यक्तिले पनि घरेलु विवादको होहल्ला सुनेर ९११ मा फोन गरेका थिए।
घटना देखेपछि छत्रबहादुरका ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेतले प्रहरीमा खबर गरेका थिए । छत्रबहादुरले ५१ वर्षीया पत्नी बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेका हुन् । छत्रबहादुरले ज्वाइँ सन्तोषलाई पनि आक्रमण गरेका थिए । प्रहरीले छत्रबहादुरलाई सन्तोषमाथि आक्रमण गरिरहेको बेला पक्राउ गरेको हो ।
तपाईको बिचार