काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन)ले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। रास्वपाका वरिष्ठ नेता रहेका उनले बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा सशक्त रूपमा उभिनेु मुख्य संकल्प गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्।
बालेनले आफ्नो वाचापत्रमा नीति निर्माण र कानुनी सुधारमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्। वाचापत्रमा बालेनले भनेका छन्, ‘राजनीतिलाई पेसा होइन, सेवा बनाउनेछु र जनताको विश्वासलाई काममा रूपान्तरण गर्नेछु।’
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने कुरालाई उनले विशेष महत्त्व दिएका छन्। शिक्षा र स्वास्थ्यमा नयाँ योजना शिक्षा क्षेत्रमा स्कुल रिटेन्सन प्रोग्रामूमार्फत विद्यालय छाड्ने दर शून्यमा झार्ने र सामुदायिक विद्यालयमा स्मार्ट क्लास तथा प्रयोगशाला स्थापना गर्ने योजना उनले अघि सारेका छन्।
यस्तै, स्वास्थ्य क्षेत्रमा विपन्न परिवारका लागि निस्शुल्क उपचारको ग्यारेन्टी, दमक अस्पताललाई ३०० बेडमा स्तरोन्नति गर्ने र घर-घरमा स्वास्थ्य सेवा कार्यक्रमझ मार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने प्रतिवद्धता शाहको छ।
भूमिहीन र सुकुमवासी समस्या समाधानका लागि कानुन निर्माण गर्ने र व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने वाचार गर्दै बालेनले ञजनअपेक्षा अनुरूपको काम गर्न आएको हुँ, काम गर्न दिनुहोलाझ भन्दै मतदातासँग अपिल गरेका छन्।
झापा ५ का भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको दिगो समाधानका लागि आफ्नो नेतृत्वमा सरकार बनेको १०० दिनमा आयोग गठन गरी १००० दिनमा समाधान गर्ने नीति अपनाउने संकल्प गरेका हुन् ।
यसअघिका निर्वाचनमा केही र निश्चित स्थानमा चुनाबी सभा र मतदाता भेटघाट गरेर चुनाव जित्दै आएका नेकपा एमालेका अधक्ष केपी शर्मा ओलीले यसपटक आफ्नो चुनावी रणनीति बदल्दै सबै मतादातासँग प्रत्यक्ष संवाद र भेटघाट गर्ने रणनीति अपनाएका छन् ।
बदलिएको चुनावी रणनीति अन्तर्गत अधक्ष ओली सकभर आफैँ मतदाताका घर र टोलमा पुग्ने र गुनासा सुन्न थालेका छन् । उनले आफू पुग्न नसकेका मतदाताका घरमा निकटका कार्यकर्ता खटाएर उनीहरूका गुनासा सुन्ने र टिपोट गर्न पनि लगाएका छन् ।
झापा ५ का उम्मेदवारहरूमध्ये मुख्यगरी ओली र रास्वपाका वरिष्ठ नेता बालेनबिच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । बालेनको बढ्दो क्रेजसँगै ओलीलाई झापामा चुनाव जित्न कठिन हुने विश्लेषण भइरहेका बेला ओलीले पनि आफ्नो पुरानो रणनीति बदलेर आफै मतदातामाझ पुग्ने गरेका छन् ।
प्रतिस्पर्धी बालेन दुई चरणमा झापा पुगेर त्यहाँका मतदातासँगको भेटघाटपछि अन्य क्षेत्रमा समेत ‘रोड सो’ मा लागिरहेका बेला ओलीले भने मतदाताको घरदैलो नै रोजेका हुन् ।
माघ ६ मा उम्मेदवारी दर्ता गरेयता ओली प्राय झापामै रहेका छन् । उम्मेदवारी दर्ता गरेर काठमाडौँ फर्केका ओली पुन माघ अन्तिम साता झापा गएका थिए ।
यता ओलीले चुनाबी रणनीति बदलेपछि बालेन भने ओली झापा पुग्ने बित्तिकै सबैतिरको कार्यक्रम छाडेर तुरुन्त्रै झापा फर्किन थालेका छन्।
तपाईको बिचार