काठमाडौं। रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी परित्याग गरेका छन् । उनीहरु दुवैले पार्टी त्याग गरी कांग्रेस प्रवेश गरेका छन् ।
बिक र बस्नेतसहितका नेताहरु रास्वपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई आइतबार कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका छन् ।
यसैगरि आजै नेपाली कांग्रेस र नेपाली कांग्रेस (बीपी) बीच पार्टी एकता हुने भएको छ । दुई पार्टीबीच एकता हुने कांग्रेस बीपीका नेता कर्ण मल्लले जानकारी दिए ।
एकताको तयारी पूरा भएको र आज समाहित हुने विषयमा साँझसम्म टंगाे लाग्ने मल्लले बताए । ‘हाम्रो तर्फबाट सबै कुरा टुंगिएको छ । उहाँहरू (नेपाली कांग्रेस) बाट कति समय लाग्छ त्यसको आधारमा बेलुकासम्म सबै कुरा थाहा हुन्छ,’ उनले शिलापत्रसँग भने ।
कांग्रेस सभापति गगन थापाले कांग्रेस बीपीसँगको एकताको विषयमा समन्वयन गर्न पार्टीको विशेष महाधिवेशनको निर्वाचन समितिका संयोजक सीताराम केसीलाई जिम्मेवारी दिएका थिए । त्यस्तै कांग्रेस बीपीका तर्फबाट मल्लले संयोजन गरेका थिए ।
तपाईको बिचार