मनकामनाबाट फर्कँदै गरेको माइक्रो दुर्घटना हुँदा ७ जनाको मृत्यु - MirrorNepal.com

मनकामनाबाट फर्कँदै गरेको माइक्रो दुर्घटना हुँदा ७ जनाको मृत्यु


काठमाडौँ। मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा हुँदा ७ जनाको मृत्यु भएको छ । ७ जना घाइतेको भने उद्धार गरेर उपचारका लागि पठाइएको जनाइएको छ।

शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कान्टारमा उक्त माइक्रोबस सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेको हो । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबसमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनास्थलमै ६ जनाको ज्यान गएको थियो भने घाइते अवस्थामा उद्धार गरिएकामध्ये थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ।

दुर्घटनापछि स्थानीय बासिन्दा र प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको छ। भीरालो भूभागका कारण उद्धार कार्य केही कठिन भएको बताइएको छ। दुर्घटनाको कारण र मृतक तथा घाइतेको पहिचानबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाईको बिचार