काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यशाला ललितपुरमा आज दोश्रो दिन पनि जारी छ । ग्वार्कोस्थित रोयल टुलिप होटलमा दुई दिनसम्म सञ्चालन भैरहेको कार्यशालामा पार्टीका सभापति रवि लामिछाने र वरिष्ट नेता बालेन्द्र शाह ‘बालेन’ पनि उपस्थित हुने भनिए पनि सरकार गठनका लागि गृहकार्यमा व्यस्त रहेकोले आज पनि अनुपस्थि रहेका छन् ।
उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी र आमन्त्रित विषय विज्ञ लगायतले प्रशिक्षण दिने कार्यसूची रहेको छ। आज दोश्रो दिन सांसदहरुलाई योग-ध्यान अभ्यासपछि कार्यक्रम सुरु भैरहेको जानकारी प्राप्त भएको छ ।
अभिमुखीकरणको उद्घाटन संघीय निर्वाचन सम्पादन समितिका संयोजकसमेत रहेका उपसभापति अर्यालले गरेका छन् भने समापन मन्तव्य सभापति लामिछानेले दिने भनिएको छ ।
कार्यशालाको आरम्भ उपसभापतिद्वय अर्याल र वाग्लेले गरेका छन् । उनीहरूले विषय प्रवेशसहित अभिमुखीकरणको उद्देश्यबारे नवसांसदहरूलाई जानकारी गराएका छन्।
अभिमुखीकरण कार्यक्रम मंगलबार र बुधबार दुई दिन चल्ने अभिमुखीकरण कार्यक्रम ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा भइरहेको छ । उपाध्यक्षद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घन्टी बजाएर अभिमुखीकरण कार्यक्रम उद्घाटन गरेका छन् ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित आफ्ना १८२ सांसदहरुलाई रास्वपाले संसदमा खेल्नुपर्ने भूमिका, संसदीय प्रणालीलगायतबारे जानकारी गराउन अभिमुखीकरण कार्यक्रम गरेको हो ।
बुधबारसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा पार्टीका नेता र विषय विज्ञहरुको प्रस्तुति रहने पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिक निर्वाचन प्रणालीबाट ५७ गरी १८२ सांसद पाएको छ ।
तर, सो कार्यक्रमको उद्घाटनका बेला सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह अनुपस्थित भए । सभापति रवि र वरिष्ठ नेता बालेनको स्वास्थ्य स्थिति र कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको उपाध्यक्ष अर्यालले जानकारी दिए । तर, रवि र बालेन स्वास्थ्य स्थितिका कारण उपस्थित हुन नसकेको भने पनि के भएको हो भन्नेबारे उनले थप खुलाएनन् ।
‘दुवै जनाको स्वास्थ्य स्थिति र अत्यन्तै कार्यव्यवस्तताका कारण उपस्थित नहुनुभएको हो । समापनअघि उपस्थित गराउने प्रयास गराउने छौँ,’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष अर्यालले भने ।
तपाईको बिचार