रास्वपाको अभिमुखीकरण कार्यक्रम अघि योग-ध्यानमा सांसदहरू - MirrorNepal.com

रास्वपाको अभिमुखीकरण कार्यक्रम अघि योग-ध्यानमा सांसदहरू


  • Mirror Nepal ३ चैत २०८२, बुधबार १२:५१:३२

काठमाडौं । रास्वपाले आफ्ना नवनिर्वाचित सांसदहरुलाई संसदीय प्रक्रियासहितका विषयमा अभिमुखीकरण कार्यक्रम गरिरहेको छ । मंगलबारबाट सुरु भएको अभिमुखीकरण बुधबार समापन हुँदै छ ।

ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा भइरहेको दुईदिने अभिमुखीकरण कार्यक्रमअन्तर्गत बुधबार सांसदहरुलाई ‘योगध्यान’ कार्यक्रम गरिएको छ ।

यसअघि मंगलबार संसदीय प्रक्रियासहितका विषयमा सम्बन्धित क्षेत्रकाले प्रशिक्षण दिएका थिए भने पार्टीका शीर्ष नेताले संसदमा खेल्नुपर्ने भूमिका र अपनाउनुपर्ने अनुशासन र पारदर्शिताका विषयमा बताएका थिए ।

तपाईको बिचार