काठमाडौं । दुई जना मोटरसाइकल चालकमाथि कुटपिट गर्ने कार चालक पक्राउ परेका छन् । भक्तपुरको सडक खण्डको नगरकोट जाने सडकमा जथाभाबी ओभरटेक गरेको विषयमा विवाद हुँदा भ्लगर मोटरसाइकल चालक विशाल तामाङ र लक्सकुमार राईमाथि शनिबार कुटपीट भएको थियो ।
कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भइरल भएपछि प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा बागमती बीएसी ५२८१’ नम्बरको कार चालक रहेको खुलेपछि उनी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भक्तपुर चागनारायण–६ का ४१ वर्षीय गणेशबहादुर तामाङ छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बिहीबार पक्राउ गरेको हो ।
पीडित युवाहरुले भक्तपुरमा उजुरी समेत दिएका थिए । कार्यालयले पक्राउ परेका तामाङलाई भक्तपुर प्रहरीलाई अनुसन्धानका लागि पठाएको छ ।
तपाईको बिचार