टुँडिखेलमा घोडेजात्रा पर्व मनाईयो - MirrorNepal.com

टुँडिखेलमा घोडेजात्रा पर्व मनाईयो


  • Mirror Nepal ३ चैत २०८२, बुधबार १८:३७:४४

काठमाडौं। आज काठमाडौंको टुँडिखेलमा नेपाली सेनाद्वारा घोडेजात्रा २०८२ को अवसरमा विभिन्न प्रदर्शन गरिएको छ। हरेक वर्ष नेपाली सेनाका घोडचढीहरूले घोडेजात्राको अवसरमा विभिन्न खेल र कलाहरु प्रदर्शन गर्ने परम्परा रहेको छ ।

परापूर्वकालदेखि चल्दै आएको यो सांस्कृतिक परम्परामा यस वर्ष पनि नेपाली सेनाका घोडचढीहरूले अद्भुत अश्वकला, शो–जम्प र साहसिक खेलहरू प्रदर्शन गरी सबै दर्शकहरुलाई मन्त्रमुग्ध पारेका छन्।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, मन्त्रिगण, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरेका छन्।

तपाईको बिचार