समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण - MirrorNepal.com

समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण


काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फबाट निर्वाचित भएका १ सय १० जना सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र दिइएको छ ।

निर्वाचन आयोगले आयोग परिसरमा एक समारोहको आयोजना गरी समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र उपलब्ध गराएको हो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९ , श्रम संस्कृति पार्टीले चार र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सिट पाएका छन् ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।

तपाईको बिचार