काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बिहीबार तोलामा ५४ सयले घटेको हो ।
आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुनबराबर तीन लाख दुई हजार २०० रुपैयाँ तिर्नुपर्नेछ । अघिल्लो दिन तीन लाख सात हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य १४० रुपैयाँले घटेर तोलाको पाँच हजार १० रुपैयाँ कायम भएको छ। बुधबार पाँच हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
तपाईको बिचार