काठमाडौं । सोमबार परिसूचक नेप्से २६.०७ अंकले घटेर २७९८ अंकमा झरेको सेयर बजार आज १३ ५१ अंकले बढेको छ । कारोबार रकम पनि बढेर १२ अर्ब माथि पुगेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार घटेर बन्द भएको नेप्से आज भने बढेर बन्द भएको छ ।
यस दिन नेप्से परिसूचक बढेर २८१२.३४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। सोमबार ११ अर्ब ९७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४० स्टकको १ लाख ६ हजार १४० पटकको कारोबारमा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार रुपैयाँबराबरको ३ करोड ४८ लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कुल ४८ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको घट्यो भने ४ कम्पनी स्थिर रहे। उत्पादन तथा प्रशोधन समूहबाहेक अन्य सबै समूहका सूचक घटेका छन् ।
यस दिन रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, अपर हेवाखोला, सोलु हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशतले बढ्यो। पिपुल्स हाइड्रोपावर, सिन्धु विकास बैंक र नेसनल हाइड्रोपावरको मूल्य पनि उल्लेख्य बढेको छ ।
यता नारायणी डेभलपमेन्ट बैंक र ग्रिनलाइफ हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै घट्यो। कारोबारका हिसाबले आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर र अपर हेवाखोला अग्रस्थानमा रहे ।
तपाईको बिचार