इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु - MirrorNepal.com

इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु


काठमाडौं। ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। आइतबार बिहान करिब १० बजे हरिसिद्धिस्थित होसना इँटाभट्टामा पर्खाल भत्किँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

पर्खालको इँटाले च्यापिँदा रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।

प्रहरीका अनुसार रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल घाइते भएका छन् ।

घाइतेमध्ये जानकी चन्दको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ललितपुरस्थित मेडिसिटी अस्पतालमा सबै घाइतेको उपचार भइरहेको छ।

तपाईको बिचार