काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सम्बन्धित मुद्दाको सुनुवाइ भइरहेको छ । रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा भइरहेको छ ।
पहिलो नम्बरमै परेको उक्त रिटमाथि सुनुवाइ जारी छ । गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले रविविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा परेको दायर मुद्दाहरूमध्ये संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएर सहकारी ठगीको मात्र चलाउने गरी अभियोगपत्र सच्याउने निर्णय लिएकी थिइन् ।
रविको मात्र मुद्दा फिर्ता लिने निर्णय गरेको भन्दै चौतर्फी आलोचना भएपछि गत माघ २ गते महान्यायाधिवक्ता भण्डारीले अन्य अभियुक्तको पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिएर सहकारी ठगीमात्र चलाउने निर्णय गर्दै सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएकी थिइन् ।
उक्त निर्णयविरुद्ध गत माघ ४ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, आयुष बडाल र युवराज पौडेल सफल समेतले मुद्दा दायर गरेका थिए ।
यही चैत ५ गते न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको माघ ४ गतेको संशोधित निर्णयसम्बन्धी कागजात झिकाउने आदेश दिएको थियो ।
तपाईको बिचार