देउवा, ओली र प्रचण्डको सम्पत्ति छानबिन सुरु - MirrorNepal.com

देउवा, ओली र प्रचण्डको सम्पत्ति छानबिन सुरु


  • Mirror Nepal १४ चैत २०८२, आइतबार १४:००:३१

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्ति छानबिनको प्रक्रिया अघि बढेको हो ।

सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो । विभागकै पत्राचारअनुसार कांग्रेस नेता तथा पूर्वउर्जा मन्त्री दीपक खड्कालाई पक्राउ गरिएको छ । सीआईबीले तीन पूर्वप्रधानमन्त्रीहरूको सम्पत्तिबारे अनुसन्धान अघि बढाएको छ ।

यसअघि जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवाको घरमा पैसा भेटिएको विषय सार्वजनिक भएको थियो । त्यसपछि विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो । प्रचण्डपुत्री गंगाको निवास र ओली निवासको समेत घटनास्थल मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको थियो ।

अहिले त्यही अनुसन्धानलाई थप तीव्रता दिइएको हो । विभागले पत्राचारपछि अहिले यसको अनुसन्धान सीआईबीले अघि बढाएको छ ।

जलेका नोट’बाट अनुसन्धान सुरु

गत भदौ २४ गते भएको आगजनी घटनापछि देउवा, दाहाल र खड्काको घरबाट जलेका नोटका टुक्रा फेला परेपछि अनुसन्धानको दिशा मोडिएको जनाइएको छ। सो घटनाले शंकास्पद आर्थिक गतिविधि देखिएको भन्दै विभागले विस्तृत अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लाई जिम्मा दिएको हो।

दीपक खड्का पक्राउ

यसै प्रकरणमा कांग्रेस नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई आइतबार बिहान बुढानीलकण्ठस्थित निवासबाटै पक्राउ गरिएको छ। CIB ले विभागकै पत्रका आधारमा उनलाई नियन्त्रणमा लिएको हो। आजै जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने तयारी भइरहेको छ।

तपाईको बिचार