प्रधानमन्त्री बालेनको शपथमा एमाले अध्यक्ष ओली अनुपस्थित - MirrorNepal.com

प्रधानमन्त्री बालेनको शपथमा एमाले अध्यक्ष ओली अनुपस्थित


काठमाडौं। प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा अधिकांश पूर्वप्रधानमन्त्रीहरू सहभागी भए पनि नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहे।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका थिए। अन्तरिम सरकारका प्रमुख तथा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी पनि कार्यक्रममा उपस्थित थिए।

तर, एमाले अध्यक्ष ओली समारोहमा नदेखिएका हुन्। यस्तै, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा भने विदेशमा रहेका कारण सहभागी हुन सकेनन्।

तपाईको बिचार