ओली-लेखक पक्राउ विरोधमा एमालेको प्रदर्शन जारी - MirrorNepal.com

ओली-लेखक पक्राउ विरोधमा एमालेको प्रदर्शन जारी


  • Mirror Nepal १४ चैत २०८२, आइतबार १४:२१:३८

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमालेका जनवर्गीय सङ्गठनहरूले आज पनि प्रदर्शनमा उत्रीएका छन् । काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा केहीबेर अघिदेखि एमालेका कार्यकर्ताहरू प्रदर्शन सुरु गरेका हुन् । एमालेका जनवर्गीय सङ्गठनहरूले देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँदैछन् ।

उनीहरू ओली पक्राउको विरोधमा देशका विभिन्न जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् । एमालेका कार्यकर्ताहरूले शनिवारदेखि नै प्रदर्शन थालेका थिए । शनिवार काठमाडौंको माइतीघर बबरमहल क्षेत्रमा एमाले कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका थिए ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो । जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।

यसैगरी ओली-लेखक पक्राउ विरोधमा कैलाली र कञ्चनपुरमा बिराेध र्‍यालीसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएकाे छ।कैलालीमा नेकपा एमाले मात्र प्रदर्शन र ज्ञापन पत्र बुझाउन सहभागी भए पनि कञ्चनपुरमा भने कांग्रेस-एमालेले संयुक्त प्रदर्शनसहित ज्ञापनपत्र बुझाएका छन्। कञ्चनपुर पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखककाे गृह जिल्ला समेत हाे।

कैलालीमा भने शनिबार नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले प्रेस विज्ञप्ति जारी गरी पक्राउकाे बिराेध गरेपनि काँग्रेस प्रदर्शनमा भने सहभागी भएकाे छैन। कञ्चनपुरमा शनिवार पनि कांग्रेस-एमालेले संयुक्त बिराेध प्रदर्शन गरेका थिए।

तपाईको बिचार