देउवा र कोइराला समूहको छुट्टा-छुट्टै भेला बोलाईयो - MirrorNepal.com

देउवा र कोइराला समूहको छुट्टा-छुट्टै भेला बोलाईयो


काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला सुरु भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सुजाता कोइराला पनि सहभागी भएका छन् ।

डा. शशाङ्क यसअघिका देउवा समूहका केही भेलाहरूमा उपस्थित हुने गरे पनि सुजाता भने हुने गरेकी थिइनन् ।

पूर्णबहादुर खड्काको संयोजनमा भएको भेलामा पूर्वउपसभापतिहरू विजयकुमार गच्छदार र विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, उमाकान्त चौधरीसहितका नेताहरू सहभागी छन् । सो भेलामा शेखर काइराला भने सहभागी हुने छैनन् ।

यसैगरी कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि आजै आफ्नो समूहको छुट्टै भेला बोलाएका छन् । डा. कोइरालाले बैशाख १७ गते समूहका नेताहरूको बागमती प्रदेश स्तरीय भेला बोलाइएको नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

भेलामा बागमती प्रदेश भित्रका बहालवाला र निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारी, जिल्ला सभापति र पूर्व जिल्ला सभापति सांसद र पूर्वसांसद, प्रदेश सभा सदस्यहरू र बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ ।

तपाईको बिचार