नेपालगंजमा निःशुल्क ट्रलीबस सेवा सुरू - MirrorNepal.com

नेपालगंजमा निःशुल्क ट्रलीबस सेवा सुरू


काठमाडौँ । बाँकेकाे नेपालगञ्ज विमानस्थलमा मंगलबारदेखि नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याएको निःशुल्क ट्रलीबस सेवा सुरू गरिएकाे छ । विमानस्थलदेखि राँझा चोकसम्म करिब दुई किलोमिटर दूरीमा यात्रुलाई आवतजावत गर्न सहज बनाउने उद्देश्यले बस सञ्चालन गरिएको हो ।

जलाइएका गाडीका नाममा इन्धन दुरुपयोग

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन् ।

जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिएकी हुन् ।

आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए ।

पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएपछि अनुसन्धान अगाडी बढाइएको छ ।

तपाईको बिचार