काठमाडौं । सामाजिक सञ्जालमा खलल पुर्याउने ३५ जनालाई प्रहररीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, सर्लाही, महोत्तरी, पर्सा र धनुषाबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सबैभन्दा बढी धनुषामा १९ जना छन् ।
यस्तै, सर्लाहीमा ९, सिरहामा ५, महोत्तरीमा २ र पर्सामा एक जना पक्राउ परेको प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । सामाजिक सद्भाव खलल पुर्याउने तथा साम्प्रदायिकता भड्काउनेलाई कानूनी दायरामा ल्याइने प्रहरीले बताएको छ ।
१० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच झडप हुँदा चलेको गोलीबाट एक जनाको मृत्यु भएको थियो । त्यसपछि अहिले तराईका अन्य जिल्लामा पनि तनाव भएको छ । अहिलेसम्म ३ जनाको मृत्यु भएको छ ।
तपाईको बिचार