तराई घटनामा न्यायिक छानबिन समिति गठन गर्न माग - MirrorNepal.com

तराई घटनामा न्यायिक छानबिन समिति गठन गर्न माग


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले कोशीको सुनसरी र मधेशका सिरहा, धनुषा, पर्सालगायत जिल्लामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार (साउन १९) प्रतिनिधिसभामा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धीको जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गर्दै र  छलफलमा सहभागी हुँदै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले हालै कोशी र मधेशका जिल्लामा भएका घटनामा   छानबिन गर्न न्यायिक समिति गठन गर्न माग गरेका हुन्।

उक्त घटनामा सरकारबाट स्पष्ट जवाफ नआएको बताउँदै उनले भने, ‘‘हाम्रो स्पष्ट माग छ, यस घटनाको सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्नुपर्छ । सुनसरी, सिरहा, धनुषा र पर्सा लगायतका जिल्लाहरूमा भएका घटना र त्यसक्रममा सरकारले नागरिकको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने बारेमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, यसबारे सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्छ र घटनाको जिम्मा लिनुपर्छ।’

तपाईको बिचार