कांग्रेस विवाद फेरी सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने - MirrorNepal.com

कांग्रेस विवाद फेरी सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने


काठमाडौं। नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले दायर गरेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुँदैछ । निर्वतमान सभापति देउवा पक्षले पुनरावलोकन निवेदनमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो ।

पुनरावलोकन निवेदनको सुनुवाइ प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा तोकिएको छ । सुनुवाइपछि पुनरावलोकनको अनुमति दिने विषयमा इजलासले आदेश गरेको छ ।

पुनरावलोकनको अनुमति दिने विषयमा इजलासले आदेश गरेपछि अब आधिकारिक कांग्रेस बिबाद समन्धि सुनुवाई प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले गर्ने छ ।

निर्वाचन आयोगले २ माघ, २०८२ मा कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिँटदै त्यहाँबाट निर्वाचित नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको थियो ।

त्यसपछि देउवा पक्षले निर्वाचन आयोगको निर्णयलाई चुनौती दिई सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । तर, निर्वाचनको मिति नजिकिएकाले अन्तरिम आदेशको विषयमा छलफल समेत नभई मुद्दाको अन्तिम सुनुवाइ भएको थियो । ४ वैशाखमा सर्वोच्च अदालतले देउवापक्षीय नेताहरूको माग अस्विकार गरी निर्वाचन आयोगकै निर्णयलाई मान्यता दिएको थियो ।

यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चले सदर गरेको थियो । सर्वोच्चको उक्त फैसला पुनरवलोकन माग गर्दै देउवालले पुन: निवेदन दिएका थिए ।

सर्वोच्चको आजको आदेशसँगै गगन थापाले पाएको आधिकारिकतामाथि फेरि सुनुवाइको बाटो खोलेको छ ।

तपाईको बिचार