पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चालक घाइते - MirrorNepal.com

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चालक घाइते


  • Mirror News Team २ असार २०८२, मङ्गलबार २०:५७:५५

काठमाडौं । पाल्पाको पूर्वखोला गाउँपालिका– ५ मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चालक घाइते भएका छन् ।

हिजो बेलुका आर्यभञ्ज्याङबाट रामपुरका लागि छुटेको लु १ च ६७५६ नम्बरको जीप वीरकोटको आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकमा दुर्घटना भएको हो ।

दुर्घटनामा जीपधनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई बुटवल उपमहानगर–११ मझुवा बस्ने ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाको गल्याङ नगरपालिका ७ घर भई हाल रूपन्देही मझुवामा बस्दै आएका ४८ वर्षीय रेशम सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा र सुनारको मिसन अस्पताल तानसेन पाल्पामा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा चालक बुटवल उपमहानगर– ११ का ३० वर्षीय राजु खड्का घाइते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

अण्डा लोड गरेको जीप सडकदेखि ३०० मिटर तल खसेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार