मलेसियाबाट एकै पटक १३ नेपाली निष्काशित - MirrorNepal.com

मलेसियाबाट एकै पटक १३ नेपाली निष्काशित


  • Mirror Team १० असार २०८२, बुधबार २२:२९:१३

काठमाडौं । वैदेशिक रोजगारको मुख्य गन्तव्य मलेसियाले नेपालीमाथि ठूलो धरपकड गरेको छ । अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा मलेसिया सरकारले नेपालीमाथि धरपकड गरेको हो । मलेसियाको अध्यागमनले एकै पटक १३ नेपालीलाई निष्काशित गरेको छ ।

उनीहरूलाई यसै साता हिमालय एयरलाइन्स र मालिन्दो एयरलाइन्सको फ्लाइटबाट काठमाडौं पठाइएको हो ।निष्काशनमा पर्नेमा ओमबहादुर खान, नारायणबहादुर खत्री, सञ्जिव गिरी, अजयकुमार यादव, नवराज तिमल्सिना, वीरबहादुर शाही, रमेशकुमार सिंह, धर्मराज राई, शान्तबहादुर तामाङ, भीमबहादु कुमाल, पूर्णबहादुर पुन, प्रेमकुमार मगर र छमबहादुर विश्वकर्मा रहेका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा लाखौं नेपालीहरू कार्यरत छन् । कोही भिसा प्रक्रिया मिलाएर त्यहाँ पुगेका छन् भने कोही दलालको प्रलोभनमा परेर पनि मलेसिया पुगेका छन् । कतिपय नेपालीहरू राम्रो कामको खोजीमा कम्पनी छाडेर पनि जाने गरेको त्यहाँका नेपालीहरूले बताएका छन् । गैरकानुनी रूपमा बसोबास गर्ने नेपालीहरू नै अध्यागमनको टार्गेटमा पर्ने गरेको उनीहरूको भनाइ छ ।

गत चैतमा पनि मलेसियाले एकै पटक २६ नेपालीलाई निष्काशित गरेको थियो ।

तपाईको बिचार