पूर्वमन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश - MirrorNepal.com

पूर्वमन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश


काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश दिइएको छ। आइतबार थुनछेक बहसपछि विशेष अदालतले उनलाई २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन उनी आइतबार अदालतमा उपस्थित भएकोमा न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान र थुनछेक भएको थियो।

बस्नेत सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा उनैको निर्णयबाट टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो। अख्तियारले मुद्दा दायर गरेपछि बस्ने सांसद पदबाट निलम्बनमा परेका थिए।

तपाईको बिचार