काठमाडौँ । असार १६ गते सोमबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दोश्रो दिन पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे दुई बजेबाट बैठक सुरु भएको हो । दिउँसो एक बजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो सुरु भएको हो ।
बैठकमा कांग्रेसको क्रियाशील सदस्यता वितरण, भातृ संस्थाको म्याद थपजस्ता विषयका साथै समसामयिक एजेन्डामा छलफल भएको बताइएको छ । कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकार प्रभावकारी हुन नसकेको भन्दै एमालेसँगको सहकार्यमा प्रश्न उठाएका छन्।
केन्द्रीय समितिको मंगलबारको बैठकमा बोल्ने केन्द्रीय समितिका सदस्यहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै सरकारको कार्यक्षमतामाथि नै प्रश्न गरेका हुन्। उनीहरूले सरकार सात बुँदै सहमति अनुसार अघि बढ्न नसकेको टिप्पणी पनि गरे।
संविधान संशोधनको मुद्दामा अहिले संशोधन भइरहेको भए पनि अन्य सवालमा सरकारले प्रभावकारी बन्न नसकेको कांग्रेस नेताहरूको भनाइ छ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा विभिन्न १३ वटा विषयमा छलफल भइरहेको छ । महामन्त्री गगन थापाले छलफलका लागि पेस गरेको १३ वटा एजेण्डा माथि छलफल भइरहेको छ ।
९ महिनापछि बसेको बैठकमा पार्टीले सञ्चालन गरेको १ सय दिने अभियानको कार्यपत्र, भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप, क्रियाशील सदस्यताको नविकरणर वितरण, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्मारिका प्रकाशन र समसामयिक राजनीति सहितका १३ एजेण्डा पेस गरिएको छ ।
कोइरालालाई विनोद चौधरीको जवाफ- गुटको राजनीतिको पनि एउटा सीमा हुन्छ
कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नेता शेखर कोइरालालाई गुटको राजनीतिको पनि सीमा हुने जवाफ दिएका छन् ।
केन्द्रीय समितिको बैठकमा नेता कोइरालाले केन्द्रीय सदस्य चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता र अनुशासन समितिमाथि प्रश्न उठाएका थिए । मंगलबार पार्टी कार्यालय सानेपामा जारी बैठकमा नेता चौधरीले आफ्ना धारणा राख्दै कोइरालाको प्रश्नको जवाफ दिएका हुन् ।
नेता चौधरीले कोइरालालाई गुटको राजनीतिको पनि एउटा सीमा हुने जवाफ दिएका छन् । ‘नेता कोइरालाले हिजो जे बोल्नुभयो त्यसलाई म सम्मान गर्छु । व्यक्तिगत रूपमा जुन तरिकाले उहाँले अनुशासन समितिमाथि र मेरो योग्यतामाथि प्रश्न उठाउनुभएको छ,’ चौधरीले जवाफ दिँदै भने, ‘गुटको राजनीतिको पनि सीमा हुन्छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नेता शेखर कोइरालालाई गुटको राजनीतिको पनि सीमा हुने जवाफ दिएका छन् ।
केन्द्रीय समितिको बैठकमा नेता कोइरालाले केन्द्रीय सदस्य चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता र अनुशासन समितिमाथि प्रश्न उठाएका थिए । मंगलबार पार्टी कार्यालय सानेपामा जारी बैठकमा नेता चौधरीले आफ्ना धारणा राख्दै कोइरालाको प्रश्नको जवाफ दिएका हुन् ।
नेता चौधरीले कोइरालालाई गुटको राजनीतिको पनि एउटा सीमा हुने जवाफ दिएका छन् । ‘नेता कोइरालाले हिजो जे बोल्नुभयो त्यसलाई म सम्मान गर्छु । व्यक्तिगत रूपमा जुन तरिकाले उहाँले अनुशासन समितिमाथि र मेरो योग्यतामाथि प्रश्न उठाउनुभएको छ,’ चौधरीले जवाफ दिँदै भने, ‘गुटको राजनीतिको पनि सीमा हुन्छ ।’
नेता चौधरीले पार्टीको विरुद्धमा गतिविधि गर्ने र आधिकारिक उम्मेदवारलाई हराउन लाग्नेमाथि कारबाही हुनुपर्ने बताए । ‘यो अहिलेको कारबाही मात्र होइन, यसपछि पनि पार्टीविरुद्ध सधैँ नै यस्ता किसिमका गतिविधिमा संलग्न हुने, पार्टीलाई नोक्सान पुर्याउने, पार्टीका आधिकारिक उम्मेदवारलाई नोक्सान पुर्याउने, आफ्ना जिम्मेवारीलाई पूरा नगर्नेहरूका खिलाफमा हुजुरी मात्र हैन, तत्काल कारबाही गर्ने वातावरण बनाउन सक्नुपर्छ,’ उनले भने ।
चौधरीले आफू पार्टीको विधि र विधान अनुसार नै केन्द्रीय सदस्यमा निर्वाचित भएको बताए । ‘नेता कोइरालाले हिजो प्रश्न उठाउनुभयो कि विनोद चौधरीजस्तो मान्छेलाई चार वर्षअघि नीति नियम मिचेर केन्द्रीय समितिमा ल्याउनु गलत निर्णय थियो,’ उनले प्रश्न गर्दै भने, ‘म कांग्रेसको विधि र विधानमार्फत निर्वाचित भएको हुँ ।’
नेता चौधरीले जनताका घर-घरमा गएर पार्टीको आधिकारिक उम्मेदवारको विरोधमा हृदयश त्रिपाठीका लागि मत मागिएको पनि दाबी गरे । ‘हिजो चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन पार्टीका शीर्षस्थ नेताहरूलाई तथानाम गाली गगरेर हराउन हरप्रयास गर्ने व्यक्ति लुम्बिनी प्रदेशको महामन्त्री पदमा आसिन भएर बस्ने मान्छेलाई बोकेर हिँड्ने नेताले यो पार्टीलाई हाँक्ने हो भोलिका दिन ?,’ कोइरालालाई प्रश्न गर्दै उनले भने ।
लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल हुन् । र, खनाल कोइरालानिकट नेता हुन् । खनालमाथि प्रतिनिधिसभा निर्वाचनमा चौधरीलाई हराउन भूमिका खेलेको आरोप लागेको थियो ।
गठबन्धनको विकल्प खोजिए फाइदा हुँदैन : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले सत्ता गठबन्धनको विकल्प खोजे गन्तव्यमा नपुग्ने बताएका छन् ।
सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै दुईवटा पार्टीका बीचमा समस्या देखिएपनि सल्लाह गरेर अघि बढ्नुपर्ने बताए ।
‘गठबन्धनलाई राम्रोसँग हिँडाएर कांग्रेसको हितमा जान सक्ने किसिमले काम गरिरहेका छौँ । अरू राजनीतिक दलहरूलाई पनि समेटेर अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ,’ गृहमन्त्री लेखकले बैठकमा भने, ‘अहिले अर्को विकल्पमा कुरा गर्न थाल्यौ भने गन्तव्यमा पुग्दैनौँ । कांग्रेसलाई ठिक हुँदैन । यही गठबन्धनमा कमीकमजोरीलाई सुधार गर्दै अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ ।’
उनले सरकार सही ढंगले अघि बढाउन कोसिस अहिलेको सरकारलाई नै निरन्तरता दिनुपर्ने बताए । भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नभएको प्रष्टीकरण दिँदै आफूविरुद्ध प्रतिशोध साँध्ने गरी प्रचार भएको समेत बताए ।
तपाईको बिचार