काठमाडौं। नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। बुधबार समाजवादीको अनुशासन आयोगले झाँक्रीलाई ३ दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ ।
केही दिनअघि झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाल लक्षित टिप्पणी गर्दै अब पार्टी सिनो बोकेर हिँड्न सक्दैन भनेकी थिइन्।
पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध विस्फोटक अभिव्यक्ति दिएपछि झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको हो । यही अभिव्यक्तिपछि नेकपा एसभित्र झाँक्रीप्रति चर्को आक्रोश छ।
‘पार्टी बनाउने हो भने अब यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ। पार्टीमा अर्को ठूलो संकट छ। तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं,’ उनले भनेकी थिइन् ।
त्यसपछि उनको पार्टीभित्र विरोध भएको थियो। पार्टीले नेतृत्वमाथि जथाभावी नबोल्न आग्रह पनि गरेको थियो। अहिले आएर पार्टी झाँक्रीलाई स्पष्टीकरणसमेत सोधेको हो।
तपाईको बिचार