नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता - MirrorNepal.com

नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।  आज दिउँसो १२ बजे बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रको निर्णय अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश सरकारबाट बाहिरिएको छ ।

प्रदेश सरकारमा राज्यमन्त्री अरुण चौधरी बर्खास्तीमा परेपछि नागरिक उन्मुक्ति पार्टी प्रदेश सभा र संघीय सरकारमा प्रतिपक्षमा बस्ने भएको छ । पार्टीको सल्लाह बिना मन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट फिर्ता हुने निर्णय गरिएको संरक्षक रेशम चौधरीले बताए ।

प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेपछि नाउपा रुष्ट भएको हो । चौधरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पनि प्रतिपक्षमा बस्ने जानकारी दिएका छन् ।

यसअघि मन्त्री चौधरीले ‘सक्ने भए आफूलाई बर्खास्त गरेर देखाउन’ चुनौती दिएका थिए ।

तपाईको बिचार