काठमाडौं । पछिल्लो ३ घण्टामा धनकुटास्थित त्रिवेणी र मछुवाघाट वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागले सो क्षेत्र भई बहने ससाना खोलामा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
आजदेखि वर्षा गराउने प्रणाली विकास भएको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
तपाईको बिचार