करेन्ट लागेर एक जनाको मृत्यु - MirrorNepal.com

करेन्ट लागेर एक जनाको मृत्यु


काठमाडौं । काठमाडौं महानगरपालिका-१७ पुरानो ढल्कु बस्ने ६२ वर्षीय दिलकुमार पुजारीको करेन्ट लागेर मृत्यु भएको छ ।

सोही ठाउँस्थित इन्द्रायणी मन्दिर नजिकै रहेको बिजुलीको पोलबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको बिचार