रवि लामिछाने निकट मोहन थापा अमेरिकाबाट निष्कासन - MirrorNepal.com

रवि लामिछाने निकट मोहन थापा अमेरिकाबाट निष्कासन


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य मोहन बहादुर थापालाई अमेरिका सरकारले डिपोर्ट गरेको छ । थापा डिपोर्टमा परेर एक साता अघि काठमाडौँ आइपुगेका हुन् । सभापति रवि लामिछाने निकट रहेका थापा अमेरिकामा बसेर विभिन्न कसुर गरेको आरोपमा उनलाई निष्कासन गरिएको हो ।

केही समयदेखि अमेरिकी प्रहरीको हिरासतमा रहेका थापाको ग्रीनकार्डसमेत रद्द गरिएको मेरिल्याण्डमा बस्दै आएका एक जना नेपालीले बताए । थापा गत फागुनमा पेन्सिलभेनिया विमानस्थलमा पक्राउ परेका थिए ।

म्याग्दी घर भएका थापा रास्वपाका पूर्व केन्द्रीय सदस्य हुन् । अमेरिकी प्रशासनले उनको ग्रिनकार्ड खारेज गर्दै नेपाल फिर्ता पठाउने निर्णय गरेको थियो । साउन २२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनलाई विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको मानव बेचबिखन ब्युरोमा पठाएको थियो ।

यसअघि अमेरिकामा फर्जी कागजपत्र बनाउने तथा अन्य गैर कानुनि धन्दामा पनि थापा विभिन्न मुद्दा मामिलामा परेका थिए । लामिछानेसहित आफूमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालिएपछि थापा लुसुक्क अमेरिका गएका हुन्  । गत वर्ष उनी प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाको अमेरिका भ्रमणको क्रममा कालोझण्डा देखाउनेलगायत विरोध कार्यक्रममा सक्रिय थिए । थापामाथि अमेरिकामा सवारी लाइसेन्स दुरुपयोग गरेको आरोपमा पहिले नै जेल सजाय भएको थियो ।

तपाईको बिचार