काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको गडबडीको नैतिक जिम्मेवारी लिएर सभापतिबाट राजीनामा दिएका रामहरि खतिवडालाई फेरि कांग्रेसले सुशासन समितिको सभापति बनाउने तयारी गरेको छ। समितिको रिक्त सभापति पदका भोलि निर्वाचन हुँदैछ।
राज्य व्यवस्था समितिमा निजामति विधेयकको कुलिङ अफ पिरियडमा भएको छलछामपछि खतिवडाले सभापति पदबाट साउन २८ गते राजीनामा दिएका थिए। उनको राजीनामापछि कांग्रेसले सुशासन समितिकी सभापति ईश्वरी देवी न्यौपानेलाई राजीनामा गर्न लगाएर राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाएको थियो। न्यौपानेको राजीनामापछि सुशासन समिति खाली छ।
कुलिङ पिरियड छेडखानीमा छानबिन समिति नैतिक जिम्मेवारी ठहर्याएपछि राज्य व्यवस्था समिति सभापतिबाट खतिवडाले राजीनामा दिएका थिए। अहिले कांग्रेसले फेरि नैतिकरुपमा गडबडीको जिम्मेवारी लिँदै राजीनामा दिएका खतिवडालाई सुशासन समितिको सभापति बनाउने तयारी गरेको हो।
सभापतिका उम्मेदवारीका लागि बिहीबार कार्यतालिका सार्वजनिक हुँदैछ। शुक्रबार खतिवडा सुशासन समितिको सभापति बन्ने पक्का भइसकेको छ।
तपाईको बिचार