अमेरिकाले डिपोर्ट गरेका १९ जना नेपाली काठमाडौं आइपुगे - MirrorNepal.com

अमेरिकाले डिपोर्ट गरेका १९ जना नेपाली काठमाडौं आइपुगे


काठमाडौं । संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली आज साँझ काठमाडौं आइपुगेका छन्। डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन्।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रंप दोश्रो कार्यकालका विजयी भएपछि बिदेशी आप्रवासीहरुप्रति कठोर नीति लिएका छन्। गत जेष्ठ महिनामा ३७ नेपाली आमेरिकाबाट डिपोर्ट भएका थिए । अमेरिकाबाट विभिन्न चरणमा दुई सय १५ नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन्।

तपाईको बिचार