जेन-जी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो - MirrorNepal.com

जेन-जी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो


काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ।  मुख्य सचिव एकनारायण अर्यालका अनुसार ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु भएको हो । १३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइतेको उपचार जारी रहेको छ।

उनले प्रधानमन्त्री सुशिला कार्कीले घाइतेको निशुल्क उपचार, आन्दोलनमा मृतक हुनेलाई शहिद घोषणा गर्ने र उनीहरुलाई प्रतिव्यक्ति १० लाख दिने निर्णय भएको छ।

सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरेको गरेको छ।

त्यस्तै मृतकका परिवारलाई १० लाख दिने निर्णय अन्तरिम सरकारले गरेको छ। आन्दोलनका सबै घाइतेको सरकारले उपचार गर्ने निर्णय समेत भएको छ।  मृतक मध्ये अहिलेसम्म ४१ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ।

मृतक सबैको अझै सनाखत हुन सकेको छैन। जलेका ठाउँहरु सफा गर्ने क्रममा शव भेटिने क्रम जारी छ। आज बिहान मात्रै चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

सनाखत नभएका शवको पनि सनाखतको प्रयास भइरहेको प्रहरीको भनाइ छ।

तपाईको बिचार