काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा रुकुमपूर्वबाट चुनाव लड्ने घोषणा गरेका छन्।
शनिबार रुकुमपश्चिममा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रुकुमपूर्वबाट चुनाव लड्ने घोषणा गरेका हुन्।
प्रचण्ड २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका थिए। उनले रुकुमपश्चिमबाट गोपाल शर्मालाई जिताउन आग्रह गरे।
उनले भने, ‘तपाईँहरूको लागि हेडक्वाटरको ढोका सधैँ खुला हुनेछ। पहिलेभन्दा बढी तपाईँहरूको दुख, सुख र विकास निर्माणको काममा बढी साथ रहनेछु ।
उनले शिक्षा, स्वास्थ्य, सडकलगायत आवश्यक पूर्वाधार निर्माणमा लाग्ने बताए ।
रुकुमपश्चिम जनार्दन शर्माको क्षेत्र हो। शर्माले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरूबीचको एकतामा सहभागी नभई प्रगतिशील लोकतान्त्रिक पार्टी खोलेका छन्।
तपाईको बिचार