काठमाडौँ । नेपालीभाषी भारतीय गायक तथा कलाकार प्रशान्त तामाङको निधन भएको छ । हृदयघातबाट उनको निधन भएको हो। दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको कलाकारहरूले बताएका छन् ।
गायक प्रमोद खरेलले प्रशान्तको निधनको खबर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । भारतको दार्जिलिङमा जन्मिएका तामाङले सन् २००७ मा भारतीय चर्चित गायन रियालिटी शो इन्डियन आइडल सिजन ३ जितेका थिए ।
इन्डियन आइडल प्रतिस्पर्धामा उनलाई जिताउन नेपालबाट ठूलै अभियान चलेको थियो । भारतको पश्चिम बङ्गाल प्रहरीमा कार्यरत बुबाको निधन पछि प्रशान्तलाई प्रहरी बुबाको ठाउँमा जागिर दिएको थियो ।
प्रहरी हवल्दारको रुपमा बङ्गाल प्रहरीको अर्केष्ट्रा कार्यरत तामाङ इन्डियन आइडलमा सहभागी भएर उपाधि जितेका थिए । उनले त्यसपछि थुप्रै नेपाली गीत तथा चलचित्रमा पनि काम गरिसकेका छन् ।
सन् १९८३ मा जन्मिएका तामाङ ४३ वर्षका मात्रै थिए । उनी नयाँ दिल्लीमा छाेरी र श्रीमतिसँग बस्दै आएका थिए ।
तपाईको बिचार