पूर्व कांग्रेस नेता अमरेशकुमार सिंह रास्वपा प्रवेश - MirrorNepal.com

पूर्व कांग्रेस नेता अमरेशकुमार सिंह रास्वपा प्रवेश


काठमाडाैं। नेपाली कांग्रेस छाडेर स्वतन्त्र बनेका अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका छन्। रास्वपाले सोमबार जनकपुरबाट सुरु गरेको पहिलो चुनावी सभाबाट उनी पार्टीमा आबद्ध भएका हुन् । सोही सभाबाट आफूले नयाँ राजनीतिक अध्यायको सुरुवात गरेको उनले जनाएका छन् ।

रास्वपामा प्रवेश गरेका डा. अमरेशकुमार सिंहले बालेन्द्र साह प्रधानमन्त्री नभए आत्मदाह गर्ने बताएका छन् । जनकपुरमा सोमाबर आयोजित परिवर्तन उद्घोष कार्यक्रममार्फत् रास्वपामा प्रवेश गरेका त्यहीँ सम्बोधनका क्रममा यस्तो बताएका हुन् ।

कार्यक्रमको मञ्चमै रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्रलाई देशको महानायकको संज्ञा दिँदै उनले देशले उनीजस्तो प्रधानमन्त्री पाउन लागेको भन्दै खुशी व्यक्त गरे ।

उनले सभापति रवि लामिछानेलाई नायकको संज्ञा दिए । नेता सिंहले मधेशले पहिलोपटक प्रधानमन्त्री पाउन लागेको भन्दै खुशी जनाए ।

बालेन प्रधानमन्त्री बन्दामात्रै शहीदका सपना पूरा भएर मधेशको छोराछोरीको भविष्य साकार पार्न सकिने पनि दाबी गरेका छन् । उनले बालेन्द्र प्रधानमन्त्री नभए आफूले मधेशकै भूमिमा आत्मदाह गर्ने पनि बताए ।

‘बालेनलाई प्रधानमन्त्री बनायौँ भने शहीदको सपना साकार गर्न र मधेशका छोराछोरीको भविष्य साकार पार्न सकिन्छ । त्यसैलै बालेनलाई जिताउन आवश्यक छ’, उनले भने, ‘जेन-जी आन्दोलनको तमाम शहीदका परिवारलाई साक्षी राखेर देश बालेनमय भएको घोषणा गर्छु। यो देशको नायक रास्वपाका रवि लामिछाने हुन्, महानायक बालेन हुन् । हामी सीता माताका सन्तान हौँ । बालेन प्रधानमन्त्री नबने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’

तपाईको बिचार