काठमाडौँ । धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन्। साम्पाङले आइतबार पदबाट राजीनामा दिएका हुन्।
उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट चुनाव लड्ने घोषणा गरेका छन्। उनले आज अबेर उपप्रमुख आइन्द्रविक्रम बेघा समक्ष उनले राजीनामा पत्र बुझाएका हुन् ।
उनले २०७९ को स्थानीय तह निर्वाचनमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए। हाल उनी श्रम संस्कृति पार्टीका अध्यक्ष छन्।
यसअघि उनले राजीनामा दिन आउने भन्दै दिनभरि बेघालाई कुराएका थिए । उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुनका लागि राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।
तपाईको बिचार