सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा - MirrorNepal.com

सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उनले राजीनामा पत्र बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–२ मा उम्मेदवार बन्दैछन्। भोलि उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले उनले पदबाट राजीनामा दिएका हुन्।

सञ्चारकर्मीको पृष्ठभूमि भएका खरेल गत असोज ६ गते सञ्चार मन्त्री नियुक्त भएका थिए।

यसअघि कार्की नेतृत्वको मन्त्रिपरिषद्‌बाट  ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका थिए ।

तपाईको बिचार