काठमाडौं । नेपाली कांग्रेसले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल टुंग्याएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए। कांग्रेसले उम्मेदवार चयन गर्दा २०७९ को निर्वाचित सांसदलाई प्राथमिकता दिएको छ।
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कांग्रेसको शेरबहादुर देउवा पक्षले अदालतमा दायर गरेको रिट फिर्ता लिन सहमत भएको बताईए पनि कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा हालेको रिट कुनै हालतमा फिर्ता नलिने जनाएका छन् ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार रिट दायर गरेका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाइ मंगलबार नै राखिएको छ । निर्वाचन आयोगको निर्णय नेपालको संविधान, कानुन विपरीत भएको भन्दै त्यसविरुद्ध देउवा पक्षले कानुनी उपचार र सडक संघर्ष गर्ने उद्घोष गरेको थियो । खड्काले नवनिर्वाचित कार्यसमितिलाई अवैधानिक भन्दै आफैंले अदालतमा मुद्दा दायर गरेकाले नैतिकताका आधारमा चुनाव नलड्ने निर्णय लिएका छन् ।
विभाजित अवस्थामा रहेको कांग्रेसले भोलि हुने प्रतिनिधिसभा सदस्य उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा धमाधम टिकट वितरण गरिरहेको छ । सभापति गगन थापाको हस्ताक्षरका विशेषगरी कर्णाली, सुदूरपश्चिमलगायतका टाढाका जिल्लामा टिकट दिएर पठाइएको छ । अन्य क्षेत्रमा पनि आज मध्यरातिदेखि भोलि विहानसम्म टुंगो लाग्ने बताइएको छ ।
‘नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रको उम्मेदवारको टिकट वितरणको सम्बन्धमा कुनै पनि बैठक र प्रकृयामा म सहभागी नभएको र मलाई कुनै पनि जानकारि समेत नभएको कुरा सबैमा स्पष्ट पार्न चाहान्छु । कसैमा भ्रम नरहोस र न्यायिक प्रकृयामा अदालतमा गएको रिट फिर्ता हुँदैन’ उनले भनेका छन् ।
विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा पक्षधर नेताकार्यकर्ताले देउवा पक्षले सर्वोच्चमा हालेको रिट फिर्ता लिन सहमतिको समाचार सार्वजनिक गरेसँगै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
तर आजको टिकट वितरण हेर्दा सबै पक्षलाई समेटिएको छ । विशेष महाधिवेशनपछि औपचारिक रूपमा विभाजित देखिएको कांग्रेस चुनावी मैदानमा भने अन्तत: एक हुने जस्तो देखिएको छ। सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच पार्टीको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहिरहेकै अवस्थामा कांग्रेस प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने निर्णयमा पुगेको छ।
उता वरिष्ठ नेता शेखर कोइराला पक्ष अदालतबाट जे निर्णय आउँदा स्वीकार गर्दै उम्मेदवार छनोट प्रक्रियामा सहभागी भइसकेको छ।
हालसम्म उम्मेदवार तय भएका क्षेत्र यसप्रकार छन् :
धनकुटा – दिनेश राई
पाँचथर – नरेन्द्र केरुङ
ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ
तेह्रथुम – सन्तोष सुब्बा
इलाम १ – निष्कल राई
इलाम – २ भेषराज आचार्य
उदयपुर १ – विदुर बस्नेत
उदयपुर २ – रामकुमार राई
मोरङ ३ – सुनिल शर्मा
खोटाङ – वीरकाजी राई
ओखलढुंगा – रामहरि खतिवडा
सोलुखुम्बु – प्रकाश कार्की
पाल्पा १ – सन्दिप राना
पाल्पा २ – हिमालदत्त श्रेष्ठ
गोरखा १ – प्रेम खत्री
खोरखा २ – प्रकाश दवाडी
मनाङ – टेकबहादुर गुरुङ
मुस्ताङ – योगेन्द्र गौचन
बाग्लुङ २ – टेकराज पौडेल
म्याग्दी – केबी भण्डारी
रोल्पा – डा। सुदनकुमार वली
दाङ १ – योगेन्द्र चौधरी
दाङ २ –किशोर घिमिरे
दाङ ३ होल्ड
पूर्वरुकुम – कुसुम थापा मगर
प्यूठान –डा। गोविन्दराज पोखरेल
दैलेख– १ दिक्पाल शाही
दैलेख– २ बासना थापा
कालिकोट – हर्षबहादुर बम
डोल्पा – कर्णबहादुर शाही
जुम्ला – दीप बहादुर शाही
हुम्ला – जयपति रोकाय
मुगु – ऐनबहादुर शाही
सल्यान – केशव विष्ट
अछाम १ – भरत स्वाँर
अछाम २ – पुष्प शाह
बाजुरा – जनक गिरी
बैतडी – चतुरबहादुर चन्द
डोटी – भरतबहादुर खड्का
ललितपुर १ – उदयशम्शेर राणा
काठमाडौं –६ सबुज बानियाँ
पर्वत – अर्जुन जोशी
तनहुँ १ – गोविन्द भट्टराई
तनहुँ २ – शंकर भण्डारी
पाल्पा १ –
पाल्पा २ – हिमाल श्रेष्ठ
गल्मी १ –चन्द्र भण्डारी
गुल्मी २ – भुवन श्रेष्ठ
कञ्चनपुर –२ एनपी साउद
कञ्चनपुर १ – गोपी उपाध्याय
कञ्चनपुर ३ होल्ड
कैलाली १ –जनकराज चौधरी
कैलाली २ – विजय स्वार
कैलाली ३ – भरत बडुवाल
कैलाली ४ – वीरबहादुर बलायर
कैलाली ५ – नरनारायाण शाह
दार्चुला – धर्मानन्द जोशी
डडेलधुरा – होल्ड
बझाङ – प्रकाश स्नेही
बारा ३ – फरमुल्लाह मन्सुर
धनुषा १ – मुक्ता कुमारी यादव
धनुषा ३ – विमलेन्द्र निधि
ललितपुर–१ उदय शमशेर राणा
नुवाकोट १ – डा। प्रकाशशरण महत
नुवाकोट २ – जगदिश्वरनरसिंश केसी
काभ्रे २ – मधु आचार्य
दोलखा – अजयबाबु सिवाकोटी
सुर्खेत २ – नारायण कोइराला
सुर्खेत १ –होल्ड
भोजपुर – बालकृष्ण थापा
लमजुङ – गमप्रसाद गुरुङ
स्याङजा १ – भरत ढकाल
स्याङजा २ –भागवतप्रकाश मल्ल
बागलुङ १ – भिम शिरिष
बागलुङ २ – टेकराज पौडेल
रुपन्देही २ – चुन्नुप्रसाद पौडेल
रुपन्देही ३ – सुशील गुरुङ
नवलपरासी १ – विनोद चौधरी
नवलपरासी २ – देवेन्द्र कँडेल
सुनसरी ३ – विजय गच्छदार
सुनसरी ४ –ज्ञानेन्द्रबहादुर कार्की
सप्तरी १ – रामदेव साह
सप्तरी २ रामकुमार यादव
सप्तरी ३ दिनेश यादव
सप्तरी ४ तेजुलाल चौधरी
तपाईको बिचार