काठमाडौँ । तामाङ समुदायले विभिन्न कार्यक्रम गरी आज सोनाम ल्होसार मनाएका छन्। तामाङ समुदायले सोनाम ल्होसारलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन्।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ। आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ।
यसैबीच काठमाडौँ उपत्यकामा रहेका तामाङ समुदायले टुँडिखेलमा भेला भएर सोनाम ल्होसार मनाएका छन्। उनीहरू परम्परागत वेशभूषासहित टुँडिखेल पुगेका थिए।
तपाईको बिचार