चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली नेपाल आउँदै - MirrorNepal.com

चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली नेपाल आउँदै


काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत अन्तर्राष्ट्रिय विभागकी नेपाल मामिला प्रमुख झेङ युहा (सरला) नेतृत्वको टोली आज काठमाडौं आउँदैछ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, जटिल हुँदै गइरहेको भूराजनीति, नेपालको अस्थिर राजनीति र अनिश्चिताबीच घोषित चुनावका दौरान चिनियाँ टोली नेपाल आउन लागेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत अन्तर्राष्ट्रिय विभागकी नेपाल मामिला प्रमुख झेङ युहा (सरला) नेतृत्वको टोली नेपाल आइपुग्न लागेको हो । टोली ३ दिनसम्म नेपालमा रहने चिनियाँ दूतावासस्रोतले जनायो ।

टोलीले छिमेकी देशसँग बढ्दै गइरहेको अविश्वासको समग्र अध्ययन र नेपालमा रहेका राजनीतिक शक्तिहरुसँग सौहार्द भेटघाट गर्ने कार्यक्रम छ ।

तपाईको बिचार